प्रभु पेले स्मार्ट फोन नहुने विपन्न बर्गलाई लक्षित गरी मोवाइलवालेट सुविधा संचालनमाल्याएको छ । यस अन्तरगत (१२३४ अंकमा लेखिएका र एबीसीडी लेखिएका) बारफोनबाट प्रभु पेको सुविधा प्रयोग गर्न सकिन्छ ।
उक्त सेवा युएसएसडी मार्फत मोवाइल रिचार्ज, टेलिफोन विलभुक्तानी, टेलिभिजनविल भुक्तानी तथा इन्टरनेट लगायतका विल भुक्तानी घरमा बसीबसी गर्न सकिन्छ । यसबाट रेमिट्यान्स भुक्तानीको सुविधा समेत प्रयोग गर्न सकिने छ ।
विशेषगरी स्मार्ट फोन नहुने विपन्न बर्गले अब आफ्नो सामान्य मोवाइल ‘बारफोन’ बाट यो सेवा संचालन गर्न सक्नेछन् । कोरोना संक्रमणको सन्त्रासकाबीच देशमा जारी लकडाउनको अबस्थामा मोवाइलवालेटबाटै समपूर्ण बैंकिङ कार्यहरु भइरहेको अबस्थामाबारफोन प्रयोगकर्ताहरु सोबाट बचितभइरहेकोले यो समयमाप्रभु पेको नयाँ सुविधा महत्वपूर्ण हुन सक्छ ।
कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशका सरकारले समेत कोरोना संक्रमणको उच्च जोखिममा राखेको अबस्थामा स्मार्ट फोन पनि नहुने र हिडडुल गर्न पनि नपाउने अवस्थालाई लक्षित गरी एनसेलसँगको सहकार्यमा प्रभु पे ले यस्तो सुविधा ल्याएको हो ।
जसबाट म्यासेजहरु आदान प्रदान गर्दा शुल्क लाग्ने छैन । यो सेवा ग्रामिण क्षेत्रलाई वित्तीय पहुँच पुराउनका साथै टाढाटाढा घर भएर नगद कारोबार गर्न नसक्ने व्यक्तिकालागिअतिप्रभावकारी हुने अपेक्षा गरिएको छ ।