बेइजिङ। कोभिड-१९ को महामारीका कारण चीनको कुल गार्हस्थ्य उत्पादन (जीडीपी)मा उल्लेख्य गिरावट आएको छ।
सरकारी तथ्यांकअनुसार सन् २०२० को पहिलो त्रैमासिकमा जीडीपीमा ६ दशमलव आठ प्रतिशत गिरावट देखिएको हो।
तीन दशकयता पहिलोपटक चीनको अर्थतन्त्रमा यति ठूलो परिमाणमा गिरावट देखिएको हो। बीबीसीका अनुसार चीन सरकारले आज बिहान सार्वजनिक गरेको तथ्यांकबाट जीडीपीमा गिरावट देखिएको हो।