Monday, November 23"सञ्चार समाज को ऐना हो ।"
Shadow

अमेरिकाको नर्सिङ होमबाट १७ वटा शव बरामद

प्रहरीले छापा मारेर अमेरिकाको न्युजर्सीस्थित राज्यकै ठूलो नर्सिङ होमबाट १७ वटा शव बरामद गरेको छ।

अमेरिका। अमेरिकाको न्युजर्सीस्थित एक नर्सिङ होमबाट प्रहरीले १७ वटा शव बरामद गरेको छ। ती शव मुर्दाघरमा स्टोर गरेर राखिएका थिए।

उक्त नर्सिङ होम न्युजर्सी राज्यकै ठूलो हो।

एन्डेवर सुबाक्युट एन्ड रिह्याबिलिटेसन सेन्टरसँग जोडिएका ६८ जनाको हालै निधन भएको थियो। तीमध्ये २६ जनामा कोभिड-१९ पोजिटिभ देखिएको थियो। 

न्युजर्सीमा ७१ हजार जनामा कोभिड-१९ पोजिटिभ देखिएको थियो भने तीन हजार एक सय जनाको मृत्यु भएको थियो।

नर्सिङ होमबाट बरामद भएका शवमा कोभिड-१९ पोजिटिभ छ कि छैन भन्ने स्पष्‍ट भइसकेको छैन। शव लुकाएर राख्नुको कारण पनि खुलेको छैन।

उनीहरूको मृत्यु भएको पूर्ण जानकारी पनि परिवारजनलाई दिइएको थिएन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *