Thursday, November 21"सञ्चार समाज को ऐना हो ।"
Shadow

फूलहरु ढकमक्क

कोरोना भाइरस (कोभिड १९) रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेका लकडाउनका कारण मानिसहरुको दैनिक जीवन प्रभावित भएपनि प्रकृतिमा भने यसको सकारात्मक असर परेको छ । बसन्त ऋतुको आगमनसँगै रुख, विरुवा र बुट्यानले नयाँ पालुवा फेरेका छन् । वातावरण मनमोहक बनेको छ ।

ललितपुरको गोदावारी पार्क प्रायः भिडभाड देखिने गरेको भएतापनि अहिले लकडाउनका कारण सुनसान बनेको छ । मानीसहरु मनमोहक प्रकृतिक सौन्दर्य नियाल्न पार्कसम्म आउन सकेका छैनन् । 

विगतमा जस्तो फूल र पालुवालाई निमोठिन र चुँडिन परेको छैन । त्यसैले फूलहरु निस्फिक्री फक्रिँदै छन् । सुनसान तथा शान्त वातावरणबिच ढकमक्क फूल फुलेका छन् । यहाँ सूर्यमुखी, पुतली, असर्फी, गुलाफ, केली, लालीगुराँस, हलिहक जातका फूलहरु ढकमक्क फूलेका छन् ।

असर्फी फूल