काठमाडौं । नेपाल राष्ट्र बैंकले ६४ करोड थान नोट छाप्ने जिम्मा चिनियाँ कम्पनीलाई दिएको छ । केन्द्रीय बैंकले ५ र १० दरका नोट छाप्ने जिम्मा ‘चाइना बैंकनोट प्रिन्टिङ एन्ड मिन्टिङ कर्पोरेशनलाई’ दिएको हो । केन्द्रिय बैंकले ५ दरका ३० करोड थान र १० दरका ३४ करोड थान नोटको डिजाइन, छपाई आपूर्ति गर्न उक्त कम्पनीलाई जिम्मा दिएको हो ।
यसअघि राष्ट्र बैंकले गत जनवरी १४ मा सो नोटहरुको डिजाइन, छपाइ तथा आपूर्तिको लागि बोलकबोल आह्वान गरको थियो । उक्त बोलकबोलमा न्यूनतम मूल्यांकनमा बोलपत्र पेश गर्ने चाइना बैंकनोट प्रिन्टिङ एन्ड मिन्टिङ कर्पोरेशनलाई जिम्मा दिइएको हो।
राष्ट्र बैंकका अनुसार कम्पनीसँग गत चैत २ गते १० दरका ३४ करोड थान नोट छाप्न अमेरीकी डलर ४१ लख ४० हजार ४०० र ५ दरका ३० करोड थान नोट छाप्न अमेरिकी डलर ४३ लाख ९७ हजार ५०० मा सम्झौता भएको हो ।