जापानका प्रधानमन्त्री सिञ्जो आवेले कोरोना माहामारीका कारणले टोकियो ओलम्पिक स्थगन हुन सक्ने बताएका छन् ।
अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीमाथि बढ्दै गएको दबाबपछि उनले १० चैतमा कोभिड १९ को जोखिम विचार गरी ओलम्पिक स्थगित गर्ने निर्णय हुन सक्ने बताएका हुन् ।
उनले आइओसीमा बाँकी अरु थुप्रै देशका खेल संघ र खेलाडीहरूले दबाब दिइरहेको पनि बताएका छन् । जापानका प्रधानमन्त्री सिञ्जो आवेले सर्न सक्ने भनेर बोलेपछि टोकियो ओलम्पिक पूर्व निर्धारित समयमा सुरु नहुने निश्चित भएको छ ।
क्यानडाले कुनै पनि खेलका लागि आफ्ना खेलाडी नपठाउने बताइसकेको छ । आओसी, जापान सरकार, विश्व खेल पदाधिकारीहरु, प्रशारक र प्रायोजकहरुसँग वार्ता गरेपछि यससम्बन्धी निर्णय गरिने भएको छ ।
आइओसी अध्यक्ष थोमस बकले खेलाडीहरुलाई पत्राचार गरी यो निर्णय लिन यति धेरै समय लाग्नुको कारण उल्लेख गरेका छन् । उनले पत्रमा लेखेका छन्, यो अभूतपूर्व परिस्थितिमा तपाइँहरुका मनमा अनेक प्रश्न होलान भन्ने म जान्दछु । यस्तो महत्वपूर्ण घडीमा यस्तो व्यवहार उचित छैन भन्ने पनि लागिरहेको होला ।
एथलेट २०२१को तयारी सुरु गरौं
अस्टेलियाका खेल पदाधिकारीहरुले एथलेट २०२१ को तयारी गर्न सुझाएका छन् । अस्टेलियाका ओलम्पिक पदाधिकारीहरुले टोकियोमा गर्ने भनेर तय गरिएको ओलम्पिक निर्धारित तालिका अनुसार अघि नबढ्ने भइसकेको पनि बताएका छन् ।
त्यस्तै अमेरिका लगायत अरु थुप्रै देशले यसलाई स्थगित गर्न माग गरिरहेका छन् तर आइओसी अहिलेसम्म के गर्ने भन्नेबारे स्पष्ट भइसकेको छैन ।
यही कारणले अमेरिकी खेलाडीहरुलाई २०२१ को ओलम्पिक गेम तयारी गर्न भनेका हौं । उनीहरुले कोरोना भाइरसका कारण देश विदेशमा परिवर्तित परिस्थितिमा अस्टेलियाको टिम एकत्रित हुन सक्दैनन् । अन्तर्राष्टिय ओलमिपक कमिटि (आइओसी) ले खेल स्थगित गर्ने कि नगर्ने भनेर चार हप्ता आवश्यक नभएका पनि बताए
-एजेन्सी