Monday, October 26"सञ्चार समाज को ऐना हो ।"
Shadow

आहा–रारा गोल्डकपको उपाधि मनाङ–मर्स्यांदीलाई

आहा–रारा गोल्डकप फुटबल प्रतियोगिताको १८औं संस्करणको उपाधि मनाङ–मर्स्यांदी क्लबले जितेको छ।

पोखरा रंगशालामा शनिबार भएको फाइनलमा खेलमा नेपाल पुलिस क्लबलाई ४–३ ले पराजित गर्दै मनाङले छैटौं पटक उपाधि जितेको हो।

निर्धारित ९० मिनेटमा दुवै टोलीले गोल गर्न नसकेपछि थपिएको अतिरिक्त ३० मिनेटको समयमा पनि गोल हुन नसकेपछि खेल टाइब्रेकरमा पुगेको थियो।

मनाङले उपाधिसहित १० लाख १ हजार रुपैयाँ प्राप्त गरेको छ। उपविजेता बनेको पुलिसले ५ लाख १ हजार रुपैयाँ प्राप्त गर्‍यो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *